थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं । नेपाल थप ३२ जनामा कारोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् । यसैगरी यसैगरी सर्लाहीको गडैताका १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।

बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषका कोरोना देखिएको छ । उनीहरु रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका रहेको मन्त्रालयले जनाएको छ । भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षणमा चितवनको भरतपुरका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ७० जना निको भएका छन् । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एकरएक गरी अहिलेसम्म ३ जना व्यक्तिको नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।No photo description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *