भूमि व्यवस्था मन्त्रीद्वारा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

काठमाडौं। सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपलब्ध गराइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा अध्यक्ष ‘प्रचण्ड’लाई हस्तान्तरण गरेकी हुन्।

नक्सा हस्तान्तरण गर्न मन्त्री अर्याल शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेकी थिइन्। भारतले अतिक्रमण गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधवार नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्सा शुक्रवार राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

नक्सा हस्तान्तरण कार्यक्रममा प्रचण्डले नक्सा तयार पार्न खटेका मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिए। मन्त्री अर्यालले आफूहरू नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाइमा रहेको स्पष्ट पारेकी थिइन्। सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *