ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं। काठमाडौंको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो।

उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको बताइएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो।

उनी ग्राण्डीका कर्मचारी भएको स्रोतको भनाइ छ। अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ। कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *