नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार बस्दै छ। बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको हो।

बैठकमा पछिल्लो विकसित राजनीति र हालै मात्र सरकारले जारी गरेको नेपालको नयाँ नक्सासहितका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ। सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ।

आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेट, संविधान संशोधनको गृहकार्य र नेपालले नयाँ नक्सा जारी गरिसकेपछि उत्पन्न भारतसँगको सम्बन्धबारे छलफल हुने छ। भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ ।

नेकपा स्रोतका अनुसार अमेरिकी सहयोग एमसीसीबारे पनि छलफल हुने सम्भावना रहेको छ। एमसीसीको विषयमा नेकपाभित्र विवाद छ। हालै सरकारको नीति तथा कार्यक्रममा पनि एमसीसी अन्तर्गतका केही कार्यक्रम समावेश गरेर पछाडिको ढोकाबाट छिराउन खोजिएको भन्दै आलोचना भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *