मोरङमा कार्य क्षेत्र बनाएका २ सय बढी पत्रकारको कोरोना बिमा

विराटनगर । मोरङमा कार्य क्षेत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित २ सय २०५ जनाको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.को सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिएको हो ।

मोरङमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पत्रकारहरुको कोरोना बिमा गरिएको हो । फ्रन्ट लाइनमा रहेर काम गरिरहेका सञ्चारकर्मीलाई कोरोना संक्रमण भएको प्रमाणित भएलगत्तै दाबी गरे १ लाख रुपैयाँ पाउने पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई एकमुष्ट पोलेसी एजेड बीमा कम्पनीका क्षेत्रीय शाखा प्रमुख केदारबहादुर खत्रीले शुक्रबार हस्तान्तरण गरेका हुन् ।

बिमा कम्पनीका अनुसार सामूहिक, पारिवारिक वा संस्थागत बिमा गराउनेलाई प्रति व्यक्ति ६ सय लाग्ने र व्यक्तिगत गरे प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्नेछ । यो बिमा सेवा सबैलाई लागू हुने कम्पनीका क्षेत्रीय प्रमुख खत्रीले बताए ।

बिमा रकम भने १ वर्ष भित्रमा एक पटकका लागि मात्रै दाबी गर्न सकिने उनको भनाई छ ।
उनले भने ‘बिमा कम्पनीले यो प्रावधान ल्याएसँगै सर्वसाधारणमा कोरोना बीमा गर्नेहरुको आकर्षण बढेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *