विश्वभर २२ लाख ४७ हजार मानिस निको भएर घर फर्किए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका २२ लाख ४७ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार २२ लाख ४७ हजार १ सय ५१ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख ४३ हजार ८०४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५४ लाख १ हजार ६ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ६६ हजार ७३६ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ४ लाख ४६ हजार ८६६ जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ३ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ९ हजार ४३४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ३५ हजार ८८२ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३८८ पुगेको छ । २ लाख २४ हजार ५५८ जनाको उपचार भइरहेको छ भने १ लाख ७ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ । स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित पुगेका छन् । त्यहाँ २८ हजार ६ सय ७८जनाको ज्यान गएको छ ।

इटालीमा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख २९ हजार ३ सय २७ संक्रमित रहेका छन् । फ्रान्समा एक लाख ८२ हजार ४६९ कुल संक्रमित भएका छन् भने २८ हजार ३३२ जनाको मृत्यु भएको छ । यसैबीच ६४ हजार ५४७ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा ३ लाख ४७ हजार ३९८ जना संक्रमित भएका छन् भने २२ हजार १३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ४२ हजार ५८७ जना ठिक भएका छन् । बेल्जियममा ५६ हजार ८१० कुल सङ्क्रमित भएका छन् भने ९ हजार २३७ जनाको मृत्यु भएको छ । यसैबीच १५ हजार १५५ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७९ हजार ९८६ कुल संक्रमित भएका छन् भने ८ हजार ३६६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५९ हजार ९ सय जना निको भएर फर्किएका छन् । इरानमा एक लाख ३३ हजार ५२१ कुल संक्रमित भएका छन् भने ७ हजार ३५९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४ हाजर ७२ जना निको भएर फर्किएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४२३ पुगेको हो । भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *