कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे आफ्नो सुरक्षामा खटिएका प्रहरी

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता पठाएका छन्। कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर आफ्नो सुरक्षामा खटिइएका सुरक्षाकर्मीलाई फिर्ता पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका लागि भनेर स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरू फिर्ता पठाएका हुन्। मुख्यमन्त्री शाहीले कोरोना महामारीको बेला जनताको सुरक्षामा सहयोग हुनेभएकोले सुरक्षाकर्मी फिर्ता पठाएको उनको सचिवालयले भनेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणमा आवश्यक सुरक्षाकर्मीको अभाव रहेको छ। क्वारेनटाइन स्थलमा दुई जना सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन्। यस्तो महामारीका बेला केही सजिलो होस् भन्ने चाहना मुख्यमन्त्रीको रहेको सचिवालयको भनाइ छ।

मुख्यमन्त्रीको सुरक्षामा एक/एक जना सई, असई, हवलदार र चार जना सिपाही गरी ७ जना प्रहरी र एक जना ड्राइभर खटिएका थिए। मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिवारदेखि नै जिल्ला प्रहरी कार्यालयमा ड्युटी सुरु गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *