बारामा प्रहरीका सईलाई कोरोना संक्रमण

काठमाडौं । बाराका एक जना प्रहरीका सईलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षकलाई कोरोना संक्रमण भएको हो ।

सर्लाही घर भएका ४९ वर्षीय उनलाई अहिले उपचारका लागि कलैयास्थित जिल्ला अस्पताल लगिएको छ ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको थियो । उनीसँगको सम्पर्कमा पुगेकाहरूको परीक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको हो । यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *