स्पेनमा लकडाउन हटाउन माग गर्दै कार र्‍याली

काठमाडौं । स्पनेमा जारी लकडाउन हटाउन माग गर्दै प्रदर्शन गरिएको छ । त्यहाँको भक्स पार्टीको आह्वानमा लकडाउनको विरोध गर्दै कार र्याली निकालिएको बीबीसीले जनाएको छ ।

राजधानी मड्रिडमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले भौतिक दुरी कायम गरेको बताइएको छ । विरोध प्रदर्शनमा प्रधानमन्त्री पेड्रो सान्चेजको राजीनामा समेत माग गरिएको छ ।

लकडाउनका कारण अर्थतन्त्रमा असर परेको भन्दै भक्स पार्टीले लकडाउन पूर्ण रुपमा हटाउनुपर्ने माग गर्दै आएको छ । त्यहाँ हालसम्म २ लाख ३४ हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिँदा २८ हजारको संक्रमणका कारण मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *