काठमाडौंको सोह्रखुट्टेमा थप एक जनामा कोरोना पुष्टि, नुवाकोटमा देखियो पहिलो संक्रमण

काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सोह्रखुट्टेका ६९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज (आइतबार) दिउँसो थपिएका १९ जना संक्रमितमध्ये एक जना काठमाडौं सोह्रखुट्टेको रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै नुवाकोटमा पहिलो संक्रमण देखिएको छ । नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नुवाकाेटमा संक्रमित थपिएसँगै ४२ जिल्लामा काेराेना संक्रमण देखिएकाे छ ।

आज १९ जना संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या ६०३ पुगेको छ । जसमध्ये पुरूषहरू ५२४ र महिलाहरू ७९ जना छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *