थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाइएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा र बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *