खोरको छानोले च्यापिएर गैंडाकोटमा २ जनाको मृत्यु

चितवन । कुखुराको खोरको छानाले च्यापीएर नवलपुरको गैंडाकोटमा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावाहुरीसहितको बर्षाले खोरमा दाना दिदै गर्दा गैडाकोट नगरपालिका ८ का ३५ वर्षीय कासीराम पौडेल र ४० वर्षीय सुर्य बहादुर भण्डारीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार च्यापिएर गम्भीर घाइते भएका दुवैजनाको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गैंडाकोट नगरपालिका वडा नम्बर ६ नारायणी नदि नजिकै पौडेल र भण्डारी दुवैले संयुक्त रूपमा लोकल कुखुरा पाल्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *