विविधता भित्रको एकता नै हाम्रो मौलिक विशेषता हो : अध्यक्ष प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा शुमकामना व्यक्त गरको छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताएका छन् ।

सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड-१९ ले समानरूपले आक्रमण गरिरहेकाले यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै उनले भनेका छन्, ‘इदुल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *