सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६७५ पुग्यो

काठमाडौं। नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रौतहट, सप्तरी, बाँके, बारा, दैलेख र बर्दीयामा संक्रमित थपिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोमबार काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३, धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। योसँगै नेपालमा कूल संक्रमित ६७५ जना पुगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *