निजी गाडीलाई ‘एम्बुलेन्स’ बनाएर बिरामीको सेवामा खटिएका युवकमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा आज पुष्टि भएका बुढानिलकण्ठ नगरपालिकाका कोरोना भाइरस (कोभिड १९) संक्रमित एक पुरुषले आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर बिरामी बोक्ने गरेको खुलेको छ ।

आज बिहान थपिएका ७२ संक्रमितमध्ये बुढानिलकण्ठ नगरपालिकाका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमित पुरुषले आफ्नो निजी गाडीमा अप्ठ्यारोमा परेका बिरामीहरुलाई अस्पताल पुर्‍याउने काम गर्ने गरेको नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले जानकारी दिए ।

‘उहाँ बुढानिलकण्ठ नगरपालिकाको स्थानीय बासिन्दा हुनुहुन्छ । आफ्नो नीजि गाडीमा बिरामी, असहाय, अशक्त तथा अप्ठेरोमा परेकाहरुलाई अस्पताल लैजाने, सहयोग गर्ने गर्नुहुन्थ्यो,’ मेयर खरेलले मकालु खबरसँग भने, ‘तीन–चार जनाले त्यसरी सहयोग गर्नुभएको छ, उहाँहरुमध्ये एक जनामा कोरोना देखियो ।’

अहिले उनलाई अस्पताल लगिसकिएकाे मयेर खरेलले जानकारी दिए  छ । ती संक्रमितकाे नजिकका साथीहरुलाई सोधेर कन्ट्याक्ट ट्रेसिङ थालिने उनले बताए । संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *