भारतद्वारा इण्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार
काठमाडौं । लकडाउनका कारण इण्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीको भारतले उद्धार गरेको छ ।
अध्ययनको सिलसिलामा इण्डोनेसिया पुगेकी एक विद्यार्थीको भारतले उद्धार गरेको हो । उनी चितवन रत्ननगरकी सेविका ढकाल हुन् । भारतीय नागरिकलाई उद्धार गर्न इण्डोनेसिया गएको एयर इण्डियाको १०३९ विमानले उनको उद्धार गरेको हो ।
भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा अध्ययनरत ढकाल इण्डोनेसियाको विश्वविद्यालयसँग एक कार्यक्रमअन्तर्गत अध्ययनका लागि त्यहाँ पुगेकी थिइन् । ढकालले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेकी थिइन् । नेपालले भारत सरकारलाई अनुरोध गरेपछि इण्डोनेसियास्थित भारतीय दूतावासले फर्किने व्यवस्था मिलाएको दूतावासकाे ट्वीटर ह्याण्डलबाट जारी भिडियाेमा उनले भनेकी छिन् ।
भिडियाेमा उनले भनेकी छिन्- ‘यस्ताे अवस्थामा पनि हामी पाेजेटिभ रहनुपर्छ । हिम्मत हार्नु हुँदैन । हिम्मत नै साथी हुन्छ । मैले हिम्मत हारिनँ र भारतीय दूतावासले पनि मलाई सहयोग गर्यो । म नेपाल र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
Shevika Dakal, a Nepali student of BBA, in Maharishi Markandey Uni, was in Indonesia as part of an exchange program with Airlangga Uni. She left for India by AI 1039. She is thankful to the GOI for the #VandeBharatMission
Thanks to @MoCA_GOI @MoHFW_India @DDNewslive @MEAIndia pic.twitter.com/Ehig6U1yKQ— India in Indonesia (@IndianEmbJkt) May 22, 2020