काेराेना संक्रमित संख्या ६८२ पुग्दा ११२ जना डिस्चार्ज, ४ जनाको मृत्यु !
मकालु खबर
२०७७ जेठ १२ गते
काठमाडाैं । सोमबारसम्म नेपालमा पिसीआरमार्फत् ५१ हजार ६४२ र आरडिटी विधिमार्फत् ९५ हजार १९२ वटा थ्रोट स्वाब नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गएको २४ घण्टामा २ हजार ९०४ पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै हालसम्म क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् भने ५६७ जना आइसोलेसनमा रहेको उनले जानकारी दिए ।
त्यसैगरी आज विभिन्न अस्पतालबाट २४ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या डिस्चार्ज १ सय १२ पुगेको छ । दिउँसो थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६८२ पुगेको छ ।
हालसम्म ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
मकालु खबर
२०७७ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित