नारायणी अस्पतालबाट २ पत्रकारसहित थप ४३ जना डिस्चार्ज

वीरगन्ज । नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार २ पत्रकारसहित थप ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताए । उनले भने, ‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाही र अन्य पर्साका हुन्, ४३ जनामध्ये २ जना महिला छन् ।’

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए ।

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् ।

४३ जना डिस्चार्ज भएसँगै अब नारायणी अस्पतालमा कुनै पनि कोरोना संक्रमित छैनन् । गण्डक अस्पतालको अस्थाई कोरोना अस्पतालमा २७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *