निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीले गरे यी ५ आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी फैलिरहँदा निरोगी नेपाल निर्माणका लागि पाँच आग्रह गरेका छन् ।

आज (सोमबार) साँझ देशवासीका नाममा सम्बाेधन गर्दै  प्रम ओलीले नेपाल निर्माणका लागि पाँच आग्रह गरेका हुन् ।

काेराेना महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाउन,
लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गर्न, शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिन उनले आग्रह गरेका छन् ।

त्यस्तै उनले भाइरस फोहरमा रमाउँछ, आफ्नाे शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिन, स्वस्थ रहनका लागि पर्याप्त आराम गर्न र उच्च मनोबल कायम राख्न अनुराेध गरेका छन् । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउने उनकाे भनाइ छ ।

सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको छ, ‘निरोगी नेपाल निर्माण’ लाई मूल स्वास्थ्य नीति बनाएको प्रम ओलीले बताए । प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रबद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *