प्रदेश २ को नीति तथा कार्यक्रमः पत्रकारलाई प्रवेश नदिइने !

जनकपुर । जेठको चौँथो साता बस्ने तय भएको प्रदेश २ को प्रदेशसभा बैठकमा अतिथि र पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । प्रदेशसभा गठन भएयता लालबाबु राउत नेतृत्वको सरकारले तेस्रोपटक ल्याउन लागेको नीति तथा कार्यक्रम प्रदेशसभा बैठक प्रवेशमा रोक लगाइएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सांसदको दूरी कायम गर्ने गर्नुपर्ने हुँदा ठाउँ अभावका कारण अतिथि आमन्त्रण नगरिने र पत्रकारलाई प्रवेश नदिइने सचिवालयले जनाएको छ ।

अगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ २४ सभा बोलाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

केन्द्र सरकारले यसअघि नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेकाे छ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ ।

आज आर्थिक सर्वेक्षण पेश भएपछि बिहिबार बार्षिक बजेट प्रस्तुत हुने छ । संबैधानिक व्यवस्थाका कारण हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत हुने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *