डब्लुएचओको एउटै चेतावनीः सावधानी अपनाइएन भने दोस्रो लहरको महामारी सुरु हुन सक्छ !

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड १९) संक्रमणको हालको अवस्थामा लापरवाही नगर्न तथा पर्याप्त सावधानी अपनाउन आग्रह गरेको छ । यदी संक्रमणको अवस्था कम हुँदै गएका देशहरुले सावधानी अपनाएनन् भने यो भन्दा भयावह स्थिति आउन सक्ने चेतावनी समेत दिइएको छ ।

‘कोरोना भाइरस महामारीको पहिलो लहरको मध्यमा रहेको छ । संक्रमण फैलिन नदिन वा नियन्त्रणमा लिनका लागि अपनाइएका उपायहरुमा अति चाँडो छुट दिन थालिएमा महामारीको दोस्रो लहर अति चाँडै आउन सक्छ । त्यो स्थिति अहिलेको भन्दा भयावह हुन सक्ने छ’, डब्लुएचओको आपतकालीन सेवा प्रमुख डा. माइक रायनले जेनेभामा भएको अनलाइन ब्रिफिङ्गका क्रममा भनेका छन्,

युरोप तथा उत्तर अमेरिकाका धेरै देशमा संक्रमण ओरालो लाग्ने क्रममा रहे पनि मध्य तथा दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा संक्रमण उकालो लाग्ने क्रममा रहेको उनले बताए ।

सामान्यतया महामारी चरण–चरणमा फैलिने भएकाले अहिले महामारी नियन्त्रणमा आउने क्रममा रहेका देशमा यो वर्षको अन्त्यतिर पुनः दोस्रो लहर सुरु हुन सक्ने डा. रायनकाे भनाइ छ ।

कोराना भाइरसको महामारीको पहिलो लहर नियन्त्रणका लागि अपनाइएका उपायहरु बिना कुनै सावधानी चाँडै नै हटाइएमा दोस्रो लहर सुरु हुने र त्यो अति चाँडो उच्च तहमा पुग्न सक्ने भएकाले सचेत रहन डा. रायनले अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *