प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक मंगलबार बेलुकी पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको उनले बताए।

सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि गएको शुक्रबार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। सरकारले हालै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो।

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ लाई सर्वसम्मत रुपमा पारित गराउनका लागि पहल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *