बागलुङका थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं । बागलुङका थप ६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । बडिगाड र तमानखोलाका वासिन्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले मकालु खबरलाई जानकारी दिए ।

सबै संक्रमित केही समयअघि भारतबाट आएको खुलेको उनले बताए । उनका अनुसार अहिले संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *