रूकुम चौरजहारी घटनाः भेरी नदीमा हाम फालेका अर्का एक युवाको शव फेला

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनामा भेरी नदीमा बेपत्ता एक जनाको शव फेला परेको छ ।

प्रेमिका भगाएर ल्याउनका लागि हिँडेका युवाहरुमध्ये गाउँलेको आक्रमणपछि भेरी नदिमा केही युवाहरु हाम फालेका थिए । ती मध्ये ६ युवा बेपत्ता भएका थिए जसमध्ये तीन जनाको शव यसअघि नै फेला परिसकेको छ ।

घटनाको चार दिनपछि शसस्त्र प्रहरीको गोताखोर टोलीले आज (बुधबार) अर्का एक युवाको शव फेला पारेको हो । गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो ।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए । उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेट्ने क्रममा निर्घात कुटपिट गरेका थिए । हत्या गरी नदीमा फ्याँकेको मृतक पक्षका परिवारले दाबी गर्दै आइरहेका छन् ।

मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको थियो । त्यस्तै रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको थियो हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ ।

त्यस्तै घटनामा संलग्न युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लासहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *