आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइए कारवाही गरिने
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन १८ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ । आयल निगमको जग्गा खरिदमा कमिकमजोरी देखिएको भन्दै थप अनुसन्धान गरी दोषीमाथि कार्वाही गर्न आफू प्रतिवद्ध रहेको पनि उहाँले जानकारी दिनुभयो ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले जग्गा खरिदका लागि टेण्डर आह्वान प्रक्रिया बारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने पनि स्पष्ट पार्नुभयो । बैठकमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सरकारको निर्णय अनुसारनै जग्गा खरिद गरिएको दावी गर्नुभयो । उहाँले जग्गा खरिद ऐन अनुसार प्रक्रिया अघि बढाउँदा ढिलाई हुने भएकाले टेण्डर आह्वान गर्नु परेको स्पष्टिकरण पनि दिनुभएको थियो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित