अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो
काठमाडौं, ३ चैत्र । आज साताको पहिलो दिन शुक्रबारको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ८५ पैसा तोकेको छ । जुन हिजोको तुलनामा केहि घटेको हो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४० पैसा र बिक्रीदर २९ रुपैयाँ ५६ पैसा छ । शुक्रबार १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा तोकिएको छ ।
null
आइतबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ ०९ पैसा तोकिएको छ । शुक्रबार १ को खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा रहेको थियो ।
यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा तोकिएको छ । आइतबार बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९४ रुपैयाँ ०४ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकिएको छ ।