सरकारले अस्वस्थ कर्मचारीलाई ७ वर्षको सेवासुविधा दिएर अवकाश दिने

 

                                                                                           फाइल तस्विर 

असार ३०, काठमाडौं । सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने व्यवस्था गरेको छ । 

null

संसदमा दर्ता गराएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भएका कर्मचारीलाई ७ वर्षको सेवा, सुविधा थप थरी अवकाश दिने व्यवस्था गरेको गरिएको हो । 

बहालवाला कर्मचारी शारिरीक तथा मानसिक रुपमा अशक्त भएमा उसलाई ७ वर्षको सेवाका साथै निः शुल्क स्वास्थ्य बिमा लगायतका सुविधा थप गरी अवकाश दिने कानुनी व्यवस्था गर्न लागिएको हो । 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले दफावार छलफल गर्दै उक्त व्यवस्था पास गरेको छ । छलफलमा सरकारले पेश गरेको उक्त विधेयकमा समितिका अधिकांश सदस्यहरुले सहमति जनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *