बोक्सीको आरोपमा जेठाजु र जेठानीद्वारा देउरानीलाइ कुटपिट

दाङ, साउन १९ । बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको  आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन् ।

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन् ।

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *