अचम्मकाे गाउँ जहाँ एकचाेटी मानिस सुतेपछी महिना दिन सम्म निदाउँछन्
चैत्र १४। सामान्यतया एक स्वस्थ मानिसले दिनमा ८ घण्टा सुत्नु राम्रो हुन्छ । यदी तपाई दिनमा ६ घण्टा भन्दा कम सुत्नुहुन्छ भने त्यो स्वास्थ्यका लागि गलत हो । तर दिनमा आठ घण्टा भन्दा धेरै सुत्नु राम्रो हुँदन तर सुताई उमेरमा भर पर्ने कुरा हो । हामीले भनेको आठ घण्टा एक वयस्क व्यक्तिका लागि हो । सुत्ने कुरामा बच्चा धेरै सुत्नुपर्दछ भने बृद्ध अवस्थामा कम सुत्दा पनि फरक नपर्ने जानकारहरु बताउँछन् ।
सुत्ने कुरामा वर्तमान समयमा एक अजिब गाउँ फेला परेको छ । काजगिस्तानको एक गाउँमा एक पटक सुते पछि मानिसहरु महिना दिनसम्म पनि उठदैन् । काजगिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जव यिनीहरु एक पटक सुत्छन एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ । कलाचीमा सन् २०१० मा पहिलोपटक यस्तो भएको थियो ।
null
त्यसबेला बच्चाहरु अचानक स्कूलमा ढलेर निदाएका थिए । त्यसयता यस्ता बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । धेरै वैज्ञानिक तथा चिकित्सकले यसरी महिना दिनसम्म निदाउनुको कारण खोजिरहेका छन् । तर, पत्ता लागेको छैन । अझ अचम्मत जसलाई यो रोग लागेको छ उसलाई निदाउन लागे भन्नेसमेत थाहा हुँदैन । एजेन्सी