नयाँ वर्षको दिनबाट बागमती नदीमा मोटरबोट सञ्चालन हुने

३० चैत, हेटौंडा । नयाँ वर्षको दिनबाट बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने भएको छ । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि बागमती नदीमा मोटरबोट सञ्चालन हुन लागेको हो । 

 

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानका अनुसार, भोलि नयाँ वर्षको दिनबाट रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन हुनेछ । भने उक्त मोटरबोटको क्षमता ११ सिटको रहेको छ । 

null

अध्यक्ष सर्केश घलान अनुसार हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने छ । पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना छ । 

मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *