सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

फागुन ४, काठमाडाैँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवा मनि ट्रान्सफर प्रा. लि का बीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।  

यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।   

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *