भारतीय राजदूतावासलाई हराउँदै कामना बैंकको ऐतिहासिक जित

फागुन ७, काठमाडौं । एसएस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्सव भए । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे । 

 उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत श्री प्रविन वस्नेत खेल मैदानमा नै पुगेका थिए ।   

 काठमाडौं ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।   

साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, भी फाइभलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । बैंकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *