गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे कालोपत्रे सुरु

कात्तिक १३, दाङ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्ने काम सुरु भएको छ । अबको ६ महिनाभित्र रनवेको पिच सम्पन्न हुने गरी कामको थालनी गरिएको हो । 

सन् २०१९ अगष्ट सम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भइ सञ्चालनमा आउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए । 

विमानस्थलको काम बिहान ६ बजेदेखि राति १२ बजेसम्म भइरहेको बताइएको छ । विमानस्थल बनाउन चिनियाँ ७० जना र नेपाली १ सय ३० जना कामदार खटिएका छन्। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *