काठमाडाैँ ठमेलमा कामना सेवाको ८७ औं शाखा

 

जेठ २४, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं.२६ स्थित ठमेलमा आज जेष्ठ २३ गते आफ्नो ८७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका अध्यक्ष सुदिपआचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथासंचालक चतुराखर अधिकारीले बैंकले द्रूतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखे भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए । 

null

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै, बैंकले ABBS ,LatestInternet Banking andMobile Banking , C – ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *