क्षमता भन्दा बढी कैदीहरु राखिको कारण कैदीबन्दीहरु समस्यामा

मंसिर १३, कालिकोट । कारागार जीर्ण भएपछि कालिकोटका कैदीबन्दी समस्यामा परेका छन् । 

कारागार भित्र शुद्ध पिउने पानीको अभाव, खेलकूद मैदानको कमी, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव तथा वर्षाको समयमा कारागार भित्र पानी चुहिने समस्या साथै कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुने गरेको छ ।  

त्यसैगरी ठाउँको कमी कारण कैदीबन्दीहरूलार्इ  आफन्तसँग भेटघाट गर्न पनि समस्या भएको र कारागारको पर्खाल भूकम्प जादा चिराचिरा परेको र यसको हाल सम्म पनि मर्मत कार्य नभएकाे कारागारप्रमुख दलबहादुर बुढाले बताए । 

null

खाडाचक्र नगरपालिका स्वाथ्य एकाइको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा बुधबार कैदीबन्दीलाई क्षयरोगको संक्रमण भएको भन्दै कारागारभित्रै स्वाथ्यशिविर सञ्चालन गरी निःशुल्क जाँच गरिएको बरिष्ठ अहेव कटक महतले बताए । 

कारागारभित्रको क्षमता १५ पुरुष र १० महिलाको भए पनि हाल ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दीहरु राखिएको । यसरी क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिएकोले पनि यि समस्याहरु देखा परेका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *