दिवंगत सबैको शव पोष्टमार्टमका लागि टिचिङ लगियो

 

फागुन १६, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको  छ । 

काठमाडौँ ल्याइएको मृतकका शव पोष्टमार्टमपछि श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिने छ । 

null

नेकपाले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न र श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रह गरेको छ । 

यस्तै नेकपाले दिवंगत मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा २३ गते श्रद्धाञ्जली सभा आयोजना गर्दैछ । बैठकले मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *