श्री स्टिल टीएमटी छड नेपालमा

 केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन सुरु भएको छ। श्री स्टील रुपन्देही जिल्लाको भैरहवास्थित आफ्नो कारखानाबाट उत्पादन हुन्छ। 

यसमा प्रयुक्त स्टील एफई ५सय जापानी प्रविधिबाट स्वचालित प्लान्टममा उत्पादन हुने कम्पनीले बताएको छ। नेपाल भुकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भुकम्प आइरहने देश जापानमा निर्मित यो प्रविधि पहिलो पटक श्री स्टील्सले नेपालमा भित्र्याएको छ। 

श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भुकम्प प्रतिरोधी रहेको दाबी गरिएको छ । यसका साथै यसमा उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्च शक्ति, अग्निप्रतिरोधक क्षमता, उत्पादनमा भएको एकनासको तौल तथा लम्बाइको अनुपात एवं विश्वको उच्चस्तरीय जापानी प्रविधि जस्ता प्रमुख ८ विशेषताहरु रहेकोले हरेक निर्माणलाई एकदम मजबुत र गुणस्तरीय बनाउने कम्पनीको दावी छ। 

null

कम्पनीले बजार प्रबद्र्धनको लागि “८को दम” अभियान सहित बजार प्रवेश गरेको छ। श्री स्टील्सको प्रति घन्टा उत्पादन क्षमता ४० टन रहेको छ भने दैनिक ८ सय टन उत्पादन हुन्छ। 

यो प्रविधि उच्च गुणस्तरयुक्त स्टील रिवार उत्पादन क्षमता भएको जापानीज डिजाइनमा निर्मित सिक्स स्ट्यान्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। 

नेपाल निर्माणको यस महान अभियानमा श्री स्टील एक कोषे ढुंगा सावित हुनेमा र हरेक निर्माण मजबुत हुनेमा विश्वस्त रहेको कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *