प्रेम गरेको निहुँमा छोरीको हत्या गर्ने आमासहित ४ जना पक्राउ, बुवा फरार

पुस २२, काठमाडौं । पर्सामा आफ्नै छोरीको हत्याको अभियोगमा आमासहित ४ जना पक्राउ परेका छन् ।   

प्रहरीले पर्साको पोखरीया नगरपालिका–९ शीवबर्वाकी १५ वर्षीया पुनिता कुमारीको हत्या अभियोगमा उनकी आमा शीवकली देवी र काकाद्वय सन्तोष महत्तो तत्वा, राजेन्द्र महत्तो तत्वालाई नियन्त्रणमा लिएको हो ।   

बुवा वीरेन्द्र महत्तो तत्व भने फरार छन् । त्यहि परिवारमा बस्दै आएका टयाक्टर चालक जितेन्द्र यादवलाइ भने प्रहरीले पक्राउ गरेको छ ।   

गाउँकै युवकसँग प्रेम सम्बन्ध राखेको थाहा भएपछि बेइज्जत हुने डरले परिवारका सदस्यले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । घटना भएको एक हप्तापछि सार्वजनिक भएको हो ।   

उनको शव काका,आमा र बुवाले मिलेर गाऊँ नजिकको खोला छेउमा लगेर जलाइदिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार घटनाको यकिन दिन खुलेको छैन । शव जलाइएको स्थानबाट शवका अवशेष संकलन गरेर ल्याइएको छ । परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको छ ।   

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *