नेपाल प्रहरीमाथि आक्रमण, जवाफी कारबाहीमा एक जनाको मृत्यु

 

जेठ ३, काठमाडौं । रुपन्देहीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र समूहको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । 

भारतीयहरुको एक समूहले ड्युटीमा रहेको नेपाल प्रहरीमाथि आक्रमण गर्दा जवाफी कारवाहीमा हतियारधारी भारत महाराजगंज फरेनाका २२ वर्षीय दिलिप धोवीको मृत्यु भएको हो । 

null

आक्रमणमा घाइते भएका उनलाई सोही भारतीय समूहले आफूसँगै लिएर गएका थिए । घाइते धोवीको भारतमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सो समूहको आक्रमणबाट डिउटीमा खटिएका २ जना प्रहरी सामान्य घाइते भएको जानकारी दिइएको छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियाबाट एक जना भारत महाराजगञ्ज फरेनाका ५० वर्षीय झिनक धोवीलाई प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल १ थान र सो को म्याग्जीन १ थान सहित बिहीबार साँझ पक्राउ गरेको थियो । त्यसको प्रतिकार गर्न आएका भारतीय समूहले नेपाल प्रहरीमाथि आक्रमण गरेको हो । 

प्रहरीको हतियार खोस्ने प्रयास गर्दै सीमापारिबाट फाइरिङ गर्न थालेपछि नेपाल प्रहरीले पनि जवाफी कारबाही गरेको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *