मोटरसाइकलको ठक्करबाट दुई बोलबम यात्री गम्भीर घाईते

सर्लाही, साउन २१ । सर्लाहीको हरिवनमा मोटरसाइकलको ठक्कर बाट बोलबमका दुई जना यात्री गम्भीर घाईते भएका छन् । दुर्घटनामा ईश्वरपुर नगरपालिका– ६ की ३२ वर्षीया मीना चौधरी र ३० वर्षीया रन्जना चौधरी घाईते भएका हुन् ।

बागमती खोलाबाट जल लिएर आउँदै गर्दा हरिवन नगरपालिका–११ पश्चिम लच्कामा उनीहरुलाई ना २४ प १९४१ नम्वरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाईते दुवै जनालाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरि भरतपुर रेफर गरिएको छ । बोलबम यात्रीलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई हरिवन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *