बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माघ १९, चितवन । गएराती चितवन रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।   

चितवन रत्ननगर न.पा. ३ तरकारी चोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा४ख ९५०९ नम्बरको बसले बिपरीत दिशाबाट गई रहेको ना३९प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३०÷३२ को पुरुष ब्यक्ति गम्भिर घाईते भएका थिए ।   

उनलाई जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारका लागि पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले बसका चालक सहित दुबै सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । 

null

यसैगरी गएराती नै चितवन खैरहनी न.पा. ३ तरकारी चोक स्थित पुर्व पश्चिम राजमार्गमा जलेश्वरबाट काठमाडौं तर्फ जाँदै गरेको ना७ख ३२४८ नं. को बसले सोही दिशा बाट गई रहेको ना६ख १५०६ नम्बरको ट्रक लाई पछाडी बाट ठक्कर दिँदा बसमा सवार एक बालकको मृत्यु भएको छ भने, १० यात्रु घाईते भएका छन् । घाइते यात्रुहरुलाई उपचारको लागि भरतपुर तर्फ पठाएको छ । प्रहरीले दुबै सवारी साधन नियन्त्रणमा लिएको छ । बस चालक फरार भने फरार छन् ।   

मृत्यु हुनेमा बसमा सवार महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलको ८ महिनाको छोरा सत्यम मण्डल रहेका छन् । दुर्घटनामा महोत्तरीकै ४० वर्षिय सहदेब महतो, १९ वर्षिय हरी शंकर सिँहको अवस्था गम्भिर रहेको छ । भने, भारत सितापुर बस्ने ४० वर्षिय हरि राम, महोत्तरी बृर्ता न.पा. बस्ने १० वर्षिय अनुष्का राम, महोत्तरी औरही न.पा. ७ बस्ने २५ वर्षिय सचिन यादब, महोत्तरी बृर्ता न.पा. कै २० वर्षिय रिना देबी राम, मनोरसा न.पा. ६ बस्ने ३५ वर्षिय गुन्दो मण्डल निजकै श्रीमती २५ वर्षिय सरिता र छोरा ३ वर्षिय शिबम मण्डल घाइते भएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *