नायिका केकीलाई भयो लोभ र डाहा
भाद्र २४, काठमाडौँ । दिनेशको निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘सेल्फी किङ्ग’मा नायिका केकी अधिकारी छनोट भएकी छिन् ।
यस चलचित्रमा उनले मुख्य भमिकामा नभई एउटा आईटम गीतको डान्सकाे लागि छनोट भएकी छिन् ।
एउटा कुशल अभिनय गर्ने कलाकारमा चिनिने केकी कसरी आईटम गीतको लागि राजी भईन भन्दा उनले भने ‘चलचित्र छोड्न नचाहनुको कारण बढ्दो उमेरको लोभ बताइन् । उनले भनिन्, ‘उमेर बड्दै जादाँ लोभ लाग्दो रहेछ । मनिसले केहि चिज पनि आफुसँगै लिएर जादैनन् । तर काम र नाम भनेको सधैं रहिरहन्छ । त्यसैले मलाई सकेसम्म धेरै काम गरौं भन्ने लोभ लागेको छ ।’
विशाल सापकोटाको निर्देशनमा बन्न लागेको यस चलचित्रको प्रदर्शन मिति भने अर्को वर्ष राखिएको छ ।
‘स्वर’ चलचित्रबाट डेब्यु गरेकी केकीलाई विशेष गरी अनुहारको हाउभाउ उत्कृष्ट रुपमा पर्दामा देखाउन सक्ने नायिकाको रुपमा चिनिन्छ । केकीलाई बक्स अफिसमा सफलता नमिले पनी उनलाई चलचित्रमा कामको कमी भने छैन ।
नयाँ नायिकाहरुको बढ्दो क्रेज र आगमनसँगै केकी लगायत केही नायिकाहरुको करिअर धराप बन्दै गईरहेको छ । केकीलाई आफूले काम गरेका निर्देशकले अरु नायिकालाई लिंदा आजभोली लोभ र डाहा दुबै लाग्न थालेको छ ।