श्रीमानले आगो लगाउँदा घाइते भएकी निर्मलाको मृत्यु

 

बैशाख १७, धनुषा । श्रीमानले मट्टीतेल छर्केर शरीरमा आगो लगाउँदा घाइते भएकी निर्मला यादवको उपचारका क्रममा मृत्यु भएको छ । 

धनुषा जिल्लाको सहिदनगर नगरपालिका–१ का २४ वर्षीय मुकेश गोइत यादवले मट्टीतेल छर्केर आगो लगाउँदा घाइते भएकी २० वर्षीया निर्मलाको सोमबार उपचारका क्रममा काठमाडौंको वर्ण अस्पतालमा मृत्यु भएको हो । 

null

श्रीमान् मुकेशले गत वैशाख ५ गते घरमा कोही नभएका समयमा निर्मलाको हात खुट्टा बाँधी उनको शरीरमा मट्टीतेल छर्केर आगो लगाइदिएका थिए । 

आगोबाट सख्त घाइते भएकी निर्मलालाई उपचारका लागि जनकपुर लगिए पनि त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । 

करिब ७० प्रतिशत भाग जलेकी निर्मलाको हिजो मृत्यु भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *