वीपी प्रतिष्ठानलाई सुधार गर्न कार्यवाहक प्रमुखको यस्तो छ माग

 

फागुन १७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पर्यायवाची शब्द भएपनि धरानबासीले त्यसको प्रत्याभूति गर्न नपाएको दशकौं भइसक्यो । पूर्वाञ्चलबासीका स्वास्थ्य सेवालाई लक्षित गरी स्थापना भएको वीपी प्रतिष्ठानमा धराने जनताको सहभागिता र अपेक्षा सदैव कमजोर नै छ ।  

स्थापनाको २६ वर्षमा हिँडिरहेको संस्थामा धरानबासीको समुचित अक अधिकार हुनुपर्दछ भनेर, प्रतिष्ठानको सिनेट सदस्य समेत रहेकी धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बुँदागत रुपमै आफ्ना धारणा राखिन् ।  

null

आज विहान सम्पन्न प्रतिष्ठानको ४२ औं सिनेटमा आफ्ना धारणा राख्दै भण्डारीले प्रतिष्ठान सञ्चालनमा भएका कमजोरी हटाएर प्रतिष्ठानको स्वास्थ्योपचारमा सुधार गर्नुपर्ने देखि गर्वगर्न लायकको बनाउनुपर्नेमा जोड दिइन् । 

सिनेट सदस्य भण्डारीले धरान उपमहानगरपालिका भित्रका विपन्न नागरीकको उपचार प्रतिष्ठानले निःशुल्क गर्नुपर्ने, एमविविएस, विडिएस अध्ययनका लागि धरानबासीलाई न्यूनतम ५ प्रतिशत सिट सुनिश्चित गरिनुपर्ने, प्रतिष्ठानको विशेषज्ञ सेवालाई सामुदायिक प्रणाली अन्तर्गत प्रदेश भरी पुर्याउनु पर्ने लगायतका १२ वटा बुँदा सिनेटमा प्रस्तुत गरेकी थिइन् ।  

भण्डारीले प्रस्तुत गरेको विषयलाई सिनेटले गम्भिरताका लिएको एक सिनेटरले बताए । ‘उहाँले जुनजुन विषय उठाउनु भयो, ती सबै सान्दर्भिक थिए, सिनेट अत्यन्त सकारात्मक छ ।’ 

१) धरान उपमहानगर पालिका भित्रका विपन्न नागरीक हरुको उप महानगर पालिकाको सिफारीसका आधारमा निःशुल्क उपचारको व्यवस्था गरिनु पर्छ । 

२) एमविविएस र विडिएस अध्ययनका लागि धरानका लागि न्यूनतम ५ प्रतिशत सिट सुःनिश्चित गरिनु पर्छ ।  

३) सघन उपचार कक्ष विस्तार गरी न्यूनतम ६० शैया पुर्याउनु पर्छ । 

४) वाल वालिकाको सघन उपचार कक्ष विस्तार गरी न्यूनतम २५ शैया पुर्याउनु पर्छ । प्रतिष्ठानको वार्षिक कार्य सूचि भित्र समावेश गरी धरान उप महानगर पालिकाका विपन्न र ग्रामीण ईलाकामा वार्षिक न्यूनतम २ निःशुल्क वटा मेघा हेल्थ क्याम्प सञ्चालन गर्नु पर्छ । 

५) लामो समय नगर पालिकाको संरक्षण र उपभोगमा रहेको छाता चौकमा रहेको जमिन उपमहानगर पालिका सँगको समन्वयमा दुई पक्षिय लाभका आधारमा उपयोग गरिनु पर्छ ।  

६) खण्डहर अवस्थामा रहेको एमसिएच भवन अविलम्व निर्माण पूरा गरी सञ्चालनमा ल्याउनु पर्छ  

७) लगत ईष्टिमेट भई सूचना निकालेर रद्द गरेको क्यान्सर अस्पताल र मुटु रोग अस्पताल विस्तार गर्ने कार्य अविलम्ब आरम्भ गरिनु पर्छ । 

८) अस्पतालको गुणस्तरीय सेवाका लागि आकस्मिक उपचार कक्ष अविलम्ब व्यवस्थित गरिनु पर्छ । 

९) विवादका कारण २ वर्ष देखि खरीद क्रममा रोकीएको एम आर आई मेसिनको विषय निरुपण गरी एम आर आई सेवा व्यवस्थित रुपमा सुचारु गर्नु पर्छ । 

१०) प्रतिष्ठानको विशेषज्ञ सेवालाई सामुदायिक प्रणाली अन्तर्गत प्रदेश भरी पुर्याउनु पर्छ । 

११) प्रतिष्ठान सञ्चालन ऐन र नियमावलि समयानुकुल संशोधन गरिनु पर्छ । 

१२) अव प्रतिष्ठानलाई समयको माग अनुकुल प्रतिष्ठित संस्थानका रुपमा स्थापित गर्न , गर्व गर्न लायकको स्वास्थ्य शैक्षिक संस्था, भरोसा योग्य अस्पतालको पहिचान वनाउन वर्तमानको अव्यवस्थाबाट अविलम्ब मुक्त गर्नु पर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *