नेपाल भ्रमणमा उच्च सावधानी अपनाउनु: अष्ट्रेलिया

 

जेठ १४, काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाल भ्रमणमा रहेका तथा नेपाल आउन चाहने आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । 

नेपालमा पछिल्लो समय भइरहेको बम विस्फोट तथा प्रदर्शनका कारण अष्ट्रेलिया सरकारले उच्च सावधानी अपनाउन नेपाल भ्रमणमा रहेका तथा नेपाल आउन चाहने आफ्ना नागरिकलाई उच्च सावधानी अपनाउन आग्रह गरेको हो । 

null

अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर सुरक्षा अवस्थाबारे सचेत हुन आग्रह गर्दै जारी गरिएको सूचनामा भनिएको छ, ‘ठूलो भिडभाडमा नजानू र सतर्क रहनू । नेपालमा प्रदर्शन र विरोध कार्यक्रमहरु भइरहेका हुन सक्छन् । ठूलो संख्यामा मानिसहरु भइरहेको तिर नजानू, त्यहाँ जुनसुकै बेला हिंसा हुन सक्छ ।’ 

सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएसँगै विप्लव समूहले विभिन्न स्थानमा बम पड्काउने कार्य जारी राखेको छ । आइतबार मात्रै काठमाडौंका दुई स्थानमा बम विस्फोट हुँदा विप्लवका कार्यकर्तासहित ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *