भरतपुरमा विजयी उत्सव आजै सपथ कार्यक्रम
“
किशोर खनाल, भरतपुर । कांग्रेस र माओवादी गठबन्धनबाट भरतपुर महानगरको मेयरमा जित्न सफल भएकी रेणु दाहाललाई अहिले भ्याइनभ्याइ छ । देशविदेशबाट उनलाई बधाईको ओइरो आइरहेको छ । गठबन्धनले भरतपुरको चौबिसकोठीमा विजयी उत्सव मनाइरहेको छ ।
भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरका वडावडाबाट आएका गठबन्धनका नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । चौबिसकोठीबाट निस्कने विजय ¥यालीले नगर परिक्रमा गर्ने माओवादी केन्द्रले जनाएको छ । विजयी भएपछि मेयर रेणु दाहालले महानरगलाई एसियाकै नमुना समृद्ध महानगर बनाउने प्रतिबद्धता जनाएकी छन् । उनले पत्रकारहरुसँग आफू साझा मेयर भएको बताउँदै सबै दलहरुलाई मिलाएर लैजाने बताइन् ।
भरतपुर महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल झिनो मतले विजयी भएकी हुन् । रेणुले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३ मतले पछाडि पार्दै विजयी भएकी हुन् । रेणुले ४३ हजार १२७ मत ल्याएकी छन् । एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले देवी ४२ हजार ९२३ मत ल्याएका थिए ।
लामो रस्साकस्सीपछि चुनाव भएको ८३ दिनपछि भरतपुर महानगरले मेयर पाएको छ । आजै वडावडामा पनि विजयी ¥याली निकाल्ने माओवादी केन्द्रले जनाएको छ । आज ३ बजे सपथ ग्रहणको कार्यक्रम हुन बताइएको छ । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार आज ३ बजे दुई वडा ४, ७ बाहेक मेयर र उपमेयरसहित अन्य २७ वडाका वडाध्यक्षदेखि सदस्यसम्म सपथ खुवाउने कार्यक्रम रहेको छ ।
“