वीपी क्यान्सर अस्पतालमा भित्रियो डिएनए परिक्षण गर्ने प्रविधि

चितवन, २५ फागुन । चितवनमा नै पहिलो पटक डिएनए परिक्षण गर्ने प्रविधि भित्रिएको छ । भरतपुर स्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा डिएनए परिक्षण गर्ने ‘रियल टाईम पिसिआर मेसिन’ भित्रिएको हो । 

पाठेघरको मुखको क्यान्सर पत्ता लागउन अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए परीक्षण गर्ने ‘रियल टाईम पिसिआर मेसिन’ भित्रिएको अस्पतालका कार्यकारी निर्देशक विजय चन्द्र आचार्यले जानकारी दिए । पिसिआर मेसिनबाट अब सबै किसिमका डिएनए परिक्षण समेत हुने निर्देशक आचार्यले दावि गरे । 

 

null

रियल टाईम पिसिआर मेसिन 

‘पाठेघरको पानी वा मासु लिएर एचपिभि भाईसरको मात्र पत्ता लगाउन प्रयोग गरिनेछ ।’ उनले भने । 

एचपिभिको मात्र पत्ता लागेको अवस्थामा त्यसको भ्याक्सीन समेत आएकोले वेलैमा भ्याक्सीन लगाए क्यान्सर नलाग्ने डा.सुदिना श्रेष्ठले बताइन् । 

अस्पतालले यो परिक्षणका लागी डा. रन्जनराज भट्टलाई अमेरिकाको विशेष प्राविधिक टोलीबाट विशेष परिक्षण समेत गराईसकेको छ । यो एप वायो सिस्टमको क्वान्ट स्टुडियो ३ हो । यसअघि यो प्रविधि नहुदाँ छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता थियो । भरतपुर क्यान्सर अस्पतालमै यो प्रविधि भित्रिएपछि क्यान्सर परीक्षण सहज हुने भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *