आइएमई पे मोबाइल वालेट एपबाट अब विभिन्न अफरहरू पाइने

 

असार २४, काठमाडौँ । आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । 

मोबाइल एपमा “डिल्स” भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउने सेवाग्राहीले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् । 

null

आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सक्नेछन् । 

काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत विभिन्न छुटको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *