उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौं, साउन २३ । स्थानीय तहमा उम्मेदवारी दिएका अधिकांशले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन् । मतगणना सकिएको एक महिनाभित्र विवरण बुझाउनुपर्ने व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २२ प्रतिशत उम्मेदवारले मात्रै निर्वाचन खर्चको विवरण बुझाएका छन् । जिल्ला निर्वाचन अधिकृत माधवप्रसाद फुयाँलले पटकपटक आग्रह गर्दा पनि विवरण नबुझाएको बताए । स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ६ सय ८० उम्मेदवार थिए ।

निर्वाचन कार्यालयले १९ साउनसम्ममा विवरण बुझाउने अन्तिम मिति तोकेको थियो । तर, तीन सय ८१ जनाले मात्र विवरण बुझाएको कार्यालयले जनाएको छ ।

दलका उम्मेदवारहरूले वुझाएको खर्च विवरण पनि उनीहरूले गरेको खर्चका आधारमा निकै न्यून देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *