लायन्स क्लव कालिकाको अध्यक्षमा सुर्दशन

काठमाडौं, ८ वैशाख । लायन्स क्लब अफ चितवन कालिकाको वर्ष २०१९/२० का लागि अध्यक्षमा सुदर्शन अधिकारी चयन भएका छन् । क्लबको शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट आगामी वर्षका लागि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । 

समितिको प्रथम उपाध्यक्षमा शितल काजी श्रेष्ठ, दितिय उपाध्यक्ष दिपक लामिछाने, तृृतिय उपाध्यक्ष चेत प्रसाद अधिकारी, सचिब बुद्धि प्रसाद अधिकारी, कोषाध्यक्ष हरि कुमार श्रेष्ठ र सह – कोषाध्यक्षमा महादेव प्रसाद हुमागाई चयन भएका छन् । क्लबको निर्देशकहरु धर्मध्वज लम्साल, देबेन्द्र प्रसाद भट्टराई, धर्म प्रसाद ढकाल, टिकाराम रेग्मी ,श्याम बाबु तिमील्सिना र ईश्वर कुमार श्रेष्ठ निर्वाचित भएका हुन् । 

 

null

क्लबको एमजीसी केशव चालिसे, पिआरओ रमेश दुवाडी, एलसिआईएफ को९अर्डिनेटर दिपक कुमार पाठक, लायन्स मार्के्टिङको अर्डिनेटर भागबत लामिछाने, टेमर पुरुषोत्तम कंडेल, जीएलटीको अर्डिनेटर लालु प्रसाद दाहाल, जीएमटीको अर्डिनेटर सन्तोष श्रेष्ठ र टेल ट्विस्टर उत्तम सिंखडा चयन भएका छन् । 

क्लबका वर्ष २०१८/१९ का अध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ नेपालका एओजी निरज श्रेष्ठ, लायन्स क्लब अफ चितवन कालिकाका सस्थापक अध्यक्ष बिनोद रेग्मी लगायतले मन्तव्य राखेका थिए । सोही अबसरमा उपस्थित सम्पुर्णले क्लबले कार्यथालेको लायन्स पार्कअनुगमन गरेका थिए । सम्पुर्णले अनुगमन पश्चात निर्माण सम्पन्न गर्न सबै सदस्यले सहयोग गर्ने निर्णय समेत भएको थियो । 

रत्ननगर उवासंघको साधारण सभा प्रचण्डले उद्घाटन गर्नेव्यवसायीहरुको प्रतिनिधि मुलक संस्था रत्ननगर उद्योग वाणिज्य संघको २० औं बार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । संघको साधारण सभा बैशाख ९ गते सोमवार रत्ननगरको होटल स्टार ब्यन्क्युटमा हुदैछ । 

साधारण सभाको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएका संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । साधारण सभामा प्रतिनिधि सभाका साँसदहरु, प्रदेश सभाका मन्त्रीहरु, साँसद, स्थानीय तहका मेयर, उपमेयरहरु, स्थापित व्यवसायीहरुको सहभागिता रहने संघका अध्यक्ष रेग्मीले जानकारी दिए । 

साधारण सभामा संघका महासचिव निराजन खनालले बार्षिक प्रतिवेदन,उपाध्यक्ष भीमनारायण श्रेष्ठले कार्यसमितिको प्रतिवेदन तथा कोषाध्यक्ष देवीप्रसाद डल्लाकोटीले अनुमानित आयव्याय प्रस्तुत गर्ने र तीनै प्रतिवेदन माथी छलफल गरी पारित गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *